१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकले स्पेनको प्रशिक्षक पदबाट राजिनामा दिए



अ+ अ-

काठमाडौं । लुइस इनरिकले स्पेनको प्रशिक्षक पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिकेले जुन २०१८ मा दुई वर्षे सम्झौता गरेका थिए । २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएको ११ महिनामै पदबाट राजिनामा दिए । उनले व्यक्तिगत कारण देखाउदै पद छाडेका हुन् ।

इनरिकले राजीनामा दिएसँगै स्पेनको प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक रोवर्टो मोरेनोलाई दिइएको छ । स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिआलेसले भनेका छन्, ‘यो इनरिकेको आफ्नो निर्णय हो ।’

उनको नेतृत्वमा विश्वकप २०१८ खेलेको स्पेन अन्तिम –१६ बाटै घर फर्किएको थियो ।