१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन, शाेकमा सार्वजनिक बिदा

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन, शाेकमा सार्वजनिक बिदा
अ अ+ अ-

हुम्ला । मंगलबार कर्णाली नदीमा जिप खसेर बेपत्ता हुनेको संख्या ११ पुगेको छ ।

निर्माण व्यवसायीहरुको डोजर वल्डिङ गर्ने गएका मिस्त्री राजु श्रेष्ठसँगै एकजना कुक पनि भएको पुष्टि भएपछि बेपत्ता हुनेको संख्या ११ पुगेको बताइएको छ । कर्णाली करिडोरको खार्पुबाट याङ्चुसम्म जाने क्रममा वल्डिङ मिस्त्री राजु श्रेष्ठसँग एकजना कुक पनि जिपमा रहेको बुझिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राज्न्द्रबहादुर सिंह बताए ।

जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

बेपत्ता भएकाहरु नभेटिएको भए पनि बुधबार बिहान घटनास्थल भन्दा तीन किलो मिटर तल बोक्चुगौडा नजिकै कर्णाली नदीको किनारमा उपाध्यक्ष शाहीको झोला भेटिएको र घटनास्थल भन्दा चार किलो मिटर तल कारङ्ग खोलामा जिप चालक मणी शाहीको पईन्ट, जुता र माक्स भेटीएको पालिकाका अध्यक्ष कर्ण रावलले बताए । त्यहाँ उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ , नागरिकता, अन्य कागजात फेला र कपडा रहेको अध्यक्ष रावलले बताए ।

जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

कुनिटारबाट दुर्घटनास्थलमा पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए ।

शोकमा हुम्ला

मंगलबार जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथ गाउँकार्यपालिकाको आकष्मिक बैठक बसेर १३ दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने र मृतक १० जनाकै परिवारलाई क्रिया खर्चवापत दशहजार रकम दिने घोषणा गरेको छ ।

असार १५ गतेका दिन शोक सभा सहित गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालय तथा सरकारी कार्यलय १ दिनको लागि बन्द गर्ने निर्णय गरीएको खार्पुनाथ गाउँपालिका ५ का वडाका अध्यक्ष भिमराज शाहीले बताए ।

गाउँपालिका अध्यक्ष कर्ण बाहादुर रावलको अध्यक्षतामा बसेको बैठकले कर्णालीमा खसेको २ दिन भई सकेको र बेपत्ता सबैको मृत्यु भईसकेको भन्दै उक्त निर्णय गरेको हो । दुर्घटनाले गाउँपालिका शोकमा डुबेको छ ।