१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट विप्लवका ५ नेता पक्राउ



अ+ अ-

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द, उदयपुर जिल्ला इन्चार्ज विकास र रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ रहेका छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनिहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैजना राजधानी काठमाडौंका विभिन्न स्थानमा संगठन विस्तारका कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने प्रहरीले जनाएको छ ।