१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक फिर्ता गर्नु बहादुरी होइन : गच्छदार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावना विपरित सरकारले विधेयकहरु ल्याउन खोजेको आरोप लगाएका छन् ।

विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले संविधानको साझा दस्ताबेज कमजोर बनाउन प्रधानमन्त्री नै लागि रहेको भन्दै उनले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’

सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको भन्दै उनले भने, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्‍यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’