काठमाडौं । बिहीबार सुनको मूल्य एक हजारले बढेको छ । आज नेपाली बजारमा छापावाल सुनको भाउ ६४ हजारमा कारोबार भइरहेको छ ।बुधबार तोलामा ६३ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।