६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा विद्यार्थी बोकेको अटो दुर्घटना,पाँच जना घाइते



अ+ अ-

ओखलढुंगा । ओखलढुंगामा विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोशी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहाल र युवराज कट्वाल रहेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो । अत्याधिक गतिमा रहेको अटो चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

गम्भीर घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ, भने सामान्य घाइतेको खुट्टाका हड्डी भाँचिएको छ । ओखलढुंगास्थित सामुदायिक अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।