६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : एसियाली पावर हाउस जापानसँग बराबरीमा रोकियो उरुग्वे



अ+ अ-

काठमाडौं । कोपा अमेरिका –२०१९ मा उरुग्वेले एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानसँग बराबरी खेलेको छ ।

आज बिहान भएको समूह ‘सी’ अन्र्तगत खेलमा उरुग्वे र जापान २–२ को बराबरीमा रोकिएका हुन् । उरुग्वेका लागि लुइस स्वारेज र जोस घिमेन्जले समान एक एक गोल गरेका थिए । यता जापानको लागि कोजी मियोसीले दुई गोल गरेका थिए ।

निकै नै प्रतिस्पर्धत्मक खेलमा सुरुवाति अग्रता जावानदे लिएको थियो । उसका लागि कोजीले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । उनकै गोलबाट जापानले १–० को अग्रता कायम गरेको थियो । तर त्यो अग्रता खेलको ३२ औं मिनेटमा तोडियो । जापानीज डिफेन्डरले फल गरेपछि उरुग्वेले पेनाल्टी पायो । जस्लाई स्वारेजले गोल पोष्टको जाली चुमाए र खेल १–१ को बराबरीमा ल्याए ।

पअिलो हाफ १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा दूई गोल भएको थियो । यसपटक पनि जापानले नै खेलको ५७ औं मिनेटमा कोजीको गोलबाट २–० को अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ६६ औं मिनेटमा जोसेले गोल गर्दै २–२ को बराबरीमा खेल ल्याए । बाँकी समयमा दुबै पक्षबाट गोल हुन नकसक्दा उरुग्वे र जापानले समान एक एक अकं बाढे ।