१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : एसियाली पावर हाउस जापानसँग बराबरीमा रोकियो उरुग्वे



अ+ अ-

काठमाडौं । कोपा अमेरिका –२०१९ मा उरुग्वेले एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानसँग बराबरी खेलेको छ ।

आज बिहान भएको समूह ‘सी’ अन्र्तगत खेलमा उरुग्वे र जापान २–२ को बराबरीमा रोकिएका हुन् । उरुग्वेका लागि लुइस स्वारेज र जोस घिमेन्जले समान एक एक गोल गरेका थिए । यता जापानको लागि कोजी मियोसीले दुई गोल गरेका थिए ।

निकै नै प्रतिस्पर्धत्मक खेलमा सुरुवाति अग्रता जावानदे लिएको थियो । उसका लागि कोजीले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । उनकै गोलबाट जापानले १–० को अग्रता कायम गरेको थियो । तर त्यो अग्रता खेलको ३२ औं मिनेटमा तोडियो । जापानीज डिफेन्डरले फल गरेपछि उरुग्वेले पेनाल्टी पायो । जस्लाई स्वारेजले गोल पोष्टको जाली चुमाए र खेल १–१ को बराबरीमा ल्याए ।

पअिलो हाफ १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा दूई गोल भएको थियो । यसपटक पनि जापानले नै खेलको ५७ औं मिनेटमा कोजीको गोलबाट २–० को अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ६६ औं मिनेटमा जोसेले गोल गर्दै २–२ को बराबरीमा खेल ल्याए । बाँकी समयमा दुबै पक्षबाट गोल हुन नकसक्दा उरुग्वे र जापानले समान एक एक अकं बाढे ।