१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वकप क्रिकेट : वार्नरको शतकीय पारीले अस्ट्रेलियाले बंगलादेशलाई हरायो

विश्वकप क्रिकेट : वार्नरको शतकीय पारीले अस्ट्रेलियाले बंगलादेशलाई हरायो
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १६६ रनको शतकीय पारी खेलेपछि अस्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ।

बिहीबार भएको खेलमा अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल योगफल पछ्याएको बंगलादेशले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो। बंगलादेशका मुस्फिकुर रहिमले शतकीय पारी खेले। उनले ९६ बलमा एक छक्का र ९ चौकाको मद्दतमा १०२ रन बनाए। यसैगरी, महमोदुल्लाह महमोदुल्लाहले ६९, तमिम इक्वालले ६२, सकिब अल हसनले ४१, लिटन दासले २० र सौम्य सरकारले १० रन बनाए।

अस्ट्रेलियाका नाथन कल्टर नाइल, मिचेल स्टार्क र मार्कस स्टोइनिक्सले दुई विकेट लिए।

यसअघि नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३८१ रनको विशाल योगफल खडा गरेको थियो। अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतकीय पारी खेले। उनले १६६ रन बनाए।

यसैगरी उस्मान ख्वाजा र कप्तान एरोन फिन्चले पनि अर्धशतकीय पारी खेले। ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ र फिन्चले ५१ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५३ रन बनाए। यस्तै ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोइनिक्सले १७ र एलेक्स क्यारीले ११ रन बनाए।

बंगलादेशका सौम्य सरकारले तीन विकेट लिए। यस्तै मुस्ताफिजुर रहमानले एक विकेट हात पारे।

आफूले खेलेका ६ खेलमध्ये अस्ट्रेलिया एक खेलमा मात्र पराजित भएको छ। अस्ट्रेलियालाई भारतले ३६ रनले हराएको थियो। अस्ट्रेलियाले अफगानिस्तान, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले भने अघिल्ला पाँचमध्ये दुई खेलमा जित हात पारेको छ। दुई खेलमा पराजय भोगेको बंगलादेशको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई हराएको थियो भने न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्डसँग हार भोगेको थियो। बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो।