१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

समाचार प्रभाव :मिर्गौलापीडितको घरमै डाक्टर पुगेपछि….

समाचार प्रभाव :मिर्गौलापीडितको घरमै डाक्टर पुगेपछि….
अ अ+ अ-

बाँके । साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डा पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने बिरामी जाँच गर्न भ्याइनभ्याई हुन्छ । बाहिरी दुनियाँभन्दा बिरामीको उपचारमा डा श्रेष्ठको दिन बित्ने गर्छ । डा श्रेष्ठलाई सामाजिक सञ्जाल हेर्ने फुर्सद बिरलै हुन्छ । त्यसो त उहाँ फुर्सदमा इन्टरनेटमा समाचार खोज्ने गर्नुहुन्छ ।

बुधबार बिहानै डा श्रेष्ठले आफ्नो मोबाइल चलाउँदै जाँदा विभिन्न अनलाइन सञ्चारमाध्यममा पुग्नुभयो । कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आउनुभएका मिर्गौलापीडित हेमन्तसिंह ठकुरीका बारेमा राससमा प्रकाशित समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएसँगै डा श्रेष्ठलाई खुल्दुली लाग्यो । मिर्गौला रोग विशेषज्ञ डा श्रेष्ठले समाचार पढेपछि बिहीबार मिर्गौलापीडित हेमन्तकै घरमा पुग्नुभयो ।

डा श्रेष्ठले मिर्गौलापीडित हेमन्तसँग करीब एक घण्टा बिताउनुभयो । उहाँले पीडित हेमन्त र उहाँकी दिदी सुमित्रासिंह ठकुरीसँग जिज्ञासा राख्दै बिरामीको अवस्था, उपचारलगायतका विषयमा सोध्नुभएको थियो । सो क्रममा डा श्रेष्ठले पीडित हेमन्तको स्वास्थ्य जाँचसमेत गर्नुभएको थियो । डा श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको थियो ।

स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्नसमेत समस्या भइरहेका बेला राससमा समाचार प्रकाशित भएपछि हेमन्तको स्वास्थ्य अवस्था बारेमा चासो राख्दै डा श्रेष्ठ घरमै पुगेपछि आफ्नो घरमा भगवान् पुगेजस्तो महसुस भएको मिर्गौलापीडित हेमन्तले बताउनुभयो । उहँँले भन्नुभयो, “मिडियाकै कारण डाक्टरसा’ब मेरो घरमा पुग्नुभयो । मलाई देउता नै घरमा पुगेजस्तो लागेको छ । उहाँ त भगवान्नै हुनुहुँदोरहेछ ।”

डा श्रेष्ठसँगै नेपालगञ्जको एशोदा फार्मेसी र एशोदा इन्दे्रणी डाइग्नोष्टिकका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुग्नुभएको थियो । उहाँहरुले उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परीक्षण शुल्क व्यहोर्ने बताउनुभएको छ । “हेमन्तको उपचारका लागि आफूहरुका तर्फबाट पूर्ण सहयोग हुन्छ”, फार्मेसी सञ्चालकद्वयले भन्नुभयो, “हामीले ल्याब परीक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौँ ।”

हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे एक महीनामै हिँड्डुल गर्नसक्ने डा श्रेष्ठले बताउनुभयो । हेमन्तसँग करीब एक घण्टा बिताएका डा श्रेष्ठले उपचारमा चिन्ता नगर्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हेमन्त तिमीले चिन्ता नगर्नु, हामी सञ्चो बनाउँछौँ”, डा श्रेष्ठ मिर्गौलापीडित हेमन्तलाई फेरि भेट्ने वाचा गर्दै नेपालगञ्ज फर्किनुभएको थियो ।

हेमन्तकी दिदी सुमित्राले भन्नुभयो, “भाइको उपचारमा आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका थियौँ । भाइले मृत्युलाई कुरिरहेको छ, यहीबेला डाक्टर सा’ब भगवान् बनेर घरमै आउनुभएको छ । अब भाइलाई निको हुन्छ भन्ने आशा पलाएको छ ।” हेमन्तको उपचारमा पूर्ण सहयोग हुने बताउँदै एशोदा फार्मेसीका प्रोप्राइटर स्नेहा थापाले भन्नुभयो, “औषधि र ल्याब खर्च हामीले व्यहोर्छौँ, यो हाम्रो जिम्मेवारी हो, कसैको जीवनरक्षा हुन्छ भने सहयोग गर्नुपर्छ ।”

कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि बिरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै २८ वर्षीय हेमन्तलाई भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएसँगै उपचारका लागि आर्थिक अभाव झेलिरहेको हेमन्तको परिवारमा चिकित्सक घरमै पुगेसँगै खुशीयाली छाएको छ ।