६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरण : एसपी र डीएसपीसहित २ जना प्रहरी जवानविरुद्ध जाहेरी



अ+ अ-

कञ्चनपुर । निर्मला पन्त प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

अधिकारकर्मीसहित जिल्ला प्रहरी कार्यालय पुगेका विशाल र वीरबहादुरले बिहीबार दिउँसो जाहेरी दिएका हुन् । जिल्ला प्रहरीका तत्कालीन एसपी कुवेर कडायत र डीएसपी कृष्ण ओझासहित २ जना प्रहरी जवानविरुद्ध जाहेरी दिएका हुन् ।

१६ दिन हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गर्न धेरै यातना दिएको वीरबहादुरको आरोप छ । उनलाई मंसिर १९ गते पक्राउ गरी २० गते काठमाडौं पठाइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त–१८ भगतपुरका विशाल र अर्का आरोपित दिनेश चौधरीलाई नियन्त्रणमा लिइएको थियो । दिनेशलाई काठमाडौं पठाइएको दोस्रो दिनै छाडे पनि विशाललाई पुस ६ गते मात्र वीरबहादुरको जिम्मा लगाइएको थियो ।

जाहेरीसँगै घाउजाँच केस फाराम र अस्पतालमा उपचार गराएका कागजातसमेत पेस गरिएको छ । शिक्षण अस्पताल काठमाडौंमा गरिएको मानसिक स्वास्थ्य जाँचको रिपोर्ट समावेश गरिएको छ ।