६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : “डु अर डाइ”को स्थितिमा अर्जेन्टिना, इतिहास फेरि पल्टेला त ?



अ+ अ-

काठमाडौं । १४ पटकको कोपा अमेरिका तथा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न संघर्षरत रहेको छ ।

कोपा अमेरिकाको दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना पहिलो खेलमै कोलोम्बियासँग पराजित भयो । कोलम्बियाविरुद्ध शनिबारको खेलमा हार बेहोरेयता दक्षिण अमेरिकी फुटबल महाशक्ति अर्जेन्टिनासामु आफ्नो दोस्रो खेलमा स्तर सुधार्ने चुनौती थियो । खेलमा अर्जेन्टिनाले त्यस्तो प्रदर्शन गर्न सकेन । खेलले त्यति बेला नाटकीय रूप लिएको थियो, जति बेला पाराग्वेका गोन्जालेजले ६२ औं मिनेटमा अगाडि बढाएको बलमा निकोलस आटामेन्डीले फाउल गरे । त्यसमा गोन्जालेजले गरेको पेनाल्टी प्रहार अरमानीले जोगाए ।

पाराग्वेले रिकार्डो सान्चेजको गोलले अग्रता लिएयता मिनिराओ स्टेडियममा मेसीले ५७ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । बराबरीमा अर्जेन्टिनाले आफ्ना गोलरक्षक फ्रान्को अरमानीलाई पनि धन्यवाद दिनुपर्नेछ ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भयो। यता पराग्वेसँग पनि राम्रो खेल्न सकेन । मेस्सीले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

एक हार र एक बराबरीसँगै अर्जेन्टिना समूह चरणमा दुई खेलबाट १ अंकमा छ । एक चरणको खेल बाँकी हुँदा तालिकाको पुछारमा छ । समूहको तेस्रोमा रहने उत्कृष्ट दुई टिमले पनि नकआउट चरणको यात्रा तय गर्ने हुँदा अर्जेन्टिनाको क्वाटरफाइनल पुग्ने सम्भावना कायम छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा कतारको सामना गर्नेछ र जितको अपेक्षा राख्नेछ ।

अब अर्जोन्टिनाले कतारलाई फराकिलो गोल अन्तरले हराउनुपर्ने हुन्छ । त्यति मात्रै नभएर कोलम्बिया पराग्वेसँग पराजित हुनुपर्छ । यदि अर्जेन्टिनाले कतारलाई जितेमा उसको अंक तालिकामा ४ अकं जोडिनेछ र उत्कृष्ट प्रर्दशनको आधारमा अर्काे राउण्डमा प्रवेश मिल्न सक्छ । तर कतारसँग बराबरीमा रोकिए अकं तालिकामा २ अकं मात्रै हुनेछ र अर्जेन्टिना बाहिरिनेछ । यता कोलम्बिया कतारलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । यता पारग्वे २ बराबरीसँगै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।यदि उसले कोलम्बियालाई जितेको खण्डमा अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी अबको खेल जित्ने दाउमा रहेका छन् । अब त्यो खेल हामीले जित्नैपर्छ,’ प्रशिक्षक स्कालोनीले भने, ‘हामीले अहिलेसम्म खेलेका दुई खेलबाट राम्रो र नराम्रो छुट्याएर कतारको सामना गर्न तयारी गर्नेछौं । हामी अझै प्रतियोगितामा कायम छौं र त्यसैले भाग्यमानी भने पनि हुन्छ, हामीलाई ।’ उनले त्यसका लागि आफ्ना गोलरक्षक अरमानीलाई धन्यवाद दिए । उनले थपे, ‘हामीलाई आफ्ना गोलरक्षकमा विश्वास थियो । उनको प्रदर्शनमा हामी सबै खुसी छौं ।’