१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोपा अमेरिका : “डु अर डाइ”को स्थितिमा अर्जेन्टिना, इतिहास फेरि पल्टेला त ?

कोपा अमेरिका : “डु अर डाइ”को स्थितिमा अर्जेन्टिना, इतिहास फेरि पल्टेला त ?
अ अ+ अ-

काठमाडौं । १४ पटकको कोपा अमेरिका तथा दुईपल्टको विश्वकप विजेता अर्जेन्टिना फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न संघर्षरत रहेको छ ।

कोपा अमेरिकाको दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना पहिलो खेलमै कोलोम्बियासँग पराजित भयो । कोलम्बियाविरुद्ध शनिबारको खेलमा हार बेहोरेयता दक्षिण अमेरिकी फुटबल महाशक्ति अर्जेन्टिनासामु आफ्नो दोस्रो खेलमा स्तर सुधार्ने चुनौती थियो । खेलमा अर्जेन्टिनाले त्यस्तो प्रदर्शन गर्न सकेन । खेलले त्यति बेला नाटकीय रूप लिएको थियो, जति बेला पाराग्वेका गोन्जालेजले ६२ औं मिनेटमा अगाडि बढाएको बलमा निकोलस आटामेन्डीले फाउल गरे । त्यसमा गोन्जालेजले गरेको पेनाल्टी प्रहार अरमानीले जोगाए ।

पाराग्वेले रिकार्डो सान्चेजको गोलले अग्रता लिएयता मिनिराओ स्टेडियममा मेसीले ५७ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । बराबरीमा अर्जेन्टिनाले आफ्ना गोलरक्षक फ्रान्को अरमानीलाई पनि धन्यवाद दिनुपर्नेछ ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भयो। यता पराग्वेसँग पनि राम्रो खेल्न सकेन । मेस्सीले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

एक हार र एक बराबरीसँगै अर्जेन्टिना समूह चरणमा दुई खेलबाट १ अंकमा छ । एक चरणको खेल बाँकी हुँदा तालिकाको पुछारमा छ । समूहको तेस्रोमा रहने उत्कृष्ट दुई टिमले पनि नकआउट चरणको यात्रा तय गर्ने हुँदा अर्जेन्टिनाको क्वाटरफाइनल पुग्ने सम्भावना कायम छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा कतारको सामना गर्नेछ र जितको अपेक्षा राख्नेछ ।

अब अर्जोन्टिनाले कतारलाई फराकिलो गोल अन्तरले हराउनुपर्ने हुन्छ । त्यति मात्रै नभएर कोलम्बिया पराग्वेसँग पराजित हुनुपर्छ । यदि अर्जेन्टिनाले कतारलाई जितेमा उसको अंक तालिकामा ४ अकं जोडिनेछ र उत्कृष्ट प्रर्दशनको आधारमा अर्काे राउण्डमा प्रवेश मिल्न सक्छ । तर कतारसँग बराबरीमा रोकिए अकं तालिकामा २ अकं मात्रै हुनेछ र अर्जेन्टिना बाहिरिनेछ । यता कोलम्बिया कतारलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । यता पारग्वे २ बराबरीसँगै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।यदि उसले कोलम्बियालाई जितेको खण्डमा अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी अबको खेल जित्ने दाउमा रहेका छन् । अब त्यो खेल हामीले जित्नैपर्छ,’ प्रशिक्षक स्कालोनीले भने, ‘हामीले अहिलेसम्म खेलेका दुई खेलबाट राम्रो र नराम्रो छुट्याएर कतारको सामना गर्न तयारी गर्नेछौं । हामी अझै प्रतियोगितामा कायम छौं र त्यसैले भाग्यमानी भने पनि हुन्छ, हामीलाई ।’ उनले त्यसका लागि आफ्ना गोलरक्षक अरमानीलाई धन्यवाद दिए । उनले थपे, ‘हामीलाई आफ्ना गोलरक्षकमा विश्वास थियो । उनको प्रदर्शनमा हामी सबै खुसी छौं ।’