६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिए



अ+ अ-

काठमाडौं । स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक संजालमा ट्वीट गर्दै आफुले सन्यास लिएको जानकारी दिएका हुन् ।


हाल जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका ३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए ।

‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ उनले ट्वीट गर्दै भनेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख जनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।