१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपराष्ट्रपति पुन

देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपराष्ट्रपति पुन
अ अ+ अ-
file photo

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका हुन् । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताए ।

उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गरेका थिए ।उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

उनका अनुसार पहिलो पटक देवघाट पुग्नुभएका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आएका पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ ।