१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्युबाले युरोपेली लगानी भित्र्याउन पहल गर्ने

क्युबाले युरोपेली लगानी भित्र्याउन पहल गर्ने
अ अ+ अ-

हवाना । क्युबाले युरोपेली युनियनका मुलुकहरुबाट विदेशी लगानी भित्र्याउन व्यापार सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । क्युबाका वैदेशिक व्यापार तथा विदशी लगानी मन्त्री रोड्रिगो माल्मिर्काले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो ।

युरोपेली युनियनका अन्तर्राष्ट्रिय सहयोग तथा विकास आयुक्त नेभिन मिमिकाले शुक्रबार आयोजना गरिने सम्मेलनमा सहभागिता जनाउनुहुनेछ । उक्त सम्मेलन क्युबाको च्याम्बर अफ कमर्सले आयोजना गर्न लागेको हो । सम्मेलनमा राष्ट्रसंघीय निकायहरु पनि सहभागी हुँदैछन् ।

क्युबा–युरोपेली युनियनबीच ऊर्जा र खाद्य सुरक्षा जस्ता क्षेत्रमा सहकार्य वृद्धि गर्ने प्राथमिकता तोकिएको छ । हाल युरोपेली युनियन नै क्युबाको प्रमुख व्यापारिक साझेदार र सबैभन्दा ठूलो लगानीकर्ता रहेको छ । क्युबा सरकारका अनुसार स्पेनसँग क्युबाको व्यापार सबैभन्दा बढी छ ।

गत वर्ष क्युबासँग युरोपेली युनियनको व्यापार करिब २ अर्ब ९० करोड अमेरिकी डलर थियो ।
संयुक्तराज्य अमेरिकासँग व्यापारिक सम्बन्ध चिसिएसँगै क्युबाले युरोपेली मुलुकसँग व्यापारिक साझेदारी बढाउन चोहेको छ । अघिल्लो साता बेलायती व्यवसायीहरुसँग पनि क्युबाले व्यापार र लगानीका विषयमा छलफल गरेको थियो ।