१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटनालाई आधा घटाउने अफ्रिकी राष्ट्रपतिको घोषणा



अ+ अ-

केप टाउन । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगामी एक दशकभित्रै दक्षिण अफ्रिकामा हिंसात्मक अपराधका घटनामा कम्तीमा आधा घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


राष्ट्रपति रामाफोसाले मङ्गलबार संसदको विशेष सत्रमा सम्बोधन गर्दै सरकारको यस अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक समस्यासँग जुध्न राष्ट्रव्यापी अभियान नै आवश्यक रहेकामा जोड दिनुभयो ।राष्ट्रपतिमा गत मे महिनामा पुनः निर्वाचित भएपछि यो उहाँको संसदमा पहिलो सम्बोधन हो ।


दक्षिण अफ्रिकी आधिकारिक विवरण अनुसार सन् २०१७ को अप्रिलदेखि २०१८ को अप्रिलको एक वर्षको अवधिमा अघिल्लो वर्षको तुलनामा व्यक्तिसँग जोडिएका हिंसात्मक घटनामा ५ प्रतिशत वृद्धि भई १६ लाख पुगेको देखिएको छ ।

आपराधिक हिंसाका घटनामा कमी ल्याउन रामाफोसाले प्रहरीको संख्या वृद्धि गरिने बताउनुभयो । उहाँले प्रहरी सेवामा विद्यार्थीहरुलाई सहभागी गराइने, हिंसात्मक घटना न्यूनीकरणका लागि नागरिकको सहभागिता बढाइने, प्रहरी अनुसन्धानको सफलता दर वृद्धि गर्ने तथा अपराधीमाथि कडाईका साथ कारबाही गरिने बताउनुभयो ।

उहाँले महिलामाथि हुने हिंसात्मक घटनामा कमी ल्याउने उपायको खोजी गर्न रणनीतिक योजना ल्याइने तथा उच्चस्तरीय एक परिषद गठन गरिने बताउनुभयो ।राष्ट्रपति रामाफोसाले लागूऔषधको कारोबारलाई निस्तेज तुल्याउन विशेष कार्यबाही अघि बढाउने पनि घोषणा गर्नुभयो ।