१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा, तोलाको ६५ हजार मात्रै



अ+ अ-

काठमाडौं । नेपालको इतिहासमै छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ।अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च थियो तर उक्त रेकर्ड शुक्रबार पुनः प्रतितोला एक हजारले नै बढेर तोडिएको छ ।

प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ। अन्तर्रा्ष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन्।

असार महिनामा धेरै विवाह हुने भएकाले सुन ब्यवसायका लागि सिजन मानिन्छ । तर मूल्य वृद्धिका कारण ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन् ।