१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

इंग्ल्यान्डविरुद्द टस जितेर श्रीलंका ब्याटिङमा, करुनरत्ने शून्य रनमै आउट

इंग्ल्यान्डविरुद्द टस जितेर श्रीलंका  ब्याटिङमा, करुनरत्ने शून्य रनमै आउट
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्यान्डविरुद्द टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

घरेलु टोली इंग्ल्यान्डबिरुद्द र श्रीलंकाबीच केहि बेरमा मैदान उत्रिदै छ ।इंग्ल्यान्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यता, श्रीलंका भने दोस्रो जितको खोजिमा छ ।

वर्षाले सताएको श्रीलंकाले यसअघिको पाँच खेलमध्ये दुई खेलमा हार र दुई खेलमा पानीको कारण रद्द भएपछि अंक बाँडेको थियो । त्यस्तै, श्रीलंकाले एक खेलमा भने जित हात पारेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । तर त्यसपछिका दुई खेल लगातार पानीको कारण श्रीलंकाले अंक बाँडेको थियो । पाकिस्तान र बंगलादेशविरुद्धको खेल पानी परेपछि रोकिएको थियो ।

त्यसपछि अष्ट्रेलियाविरुद्ध भएको खेलमा भने ८७ रनले हार्न पुगेको थियो ।

यता, इंग्ल्यान्डले भने आफुले खेलको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा नै दक्षिण अप्रिmकालाई १०४ रनले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हार्न पुगेको थियो । त्यसपछिको लगातार तीन खेलमा जित हात पारेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १०६, वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले हराएको थियो ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।