१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयक नबुझेरै विरोध गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले ऐन कानुन बुझेर मात्र कुरा गर्न संसदहरुलाई सुझाव दिइन् ।

‘राष्ट्रियसभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन,’ उनले भनिन्, ‘माननीय सदस्यहरुले पहिला नियम कानुन बुझ्नुपर्यो, राष्ट्रियसभामा पेश भएको विधेयक राष्ट्रियसभाबाटै फिर्ता लिनुपर्ने व्यवस्था छ ।’

विधेयक फिर्ता लिन बिहीबारमात्रै पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र राष्ट्रियसभामा पनि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।