१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना : ४४ को ज्यान गयो, २९ जना गम्भीर घाइते



अ+ अ-

काठमाडौं । भारतको हिमाचल प्रदेशको कुल्लुमा बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाले ज्यान गएको छ ।

दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार साँझ चार बजे बंजारबाट गाडागुशैणीको लागि छुटेको बस दुई किलोमिटर गुड्न नपाउँदै सडकबाट पाँच सय फिट तल नदीमा खसेको थियो ।

स्थानीय प्रशासनका अनुसार बसमा ७५ जना सवार थिए, जसमा धेरै विद्यार्थीहरु रहेका थिए । उनीहरु विद्यालयमा भर्ना गरेर फर्किएका थिए ।

दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री र कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक प्रकट गरेका छन् ।