१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : भोली साविकको विजेता चिलीले इक्वेडरविरुद्ध खेल्दै



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ अन्र्तगत समूह ‘सी’ मा भोली साविकको विजेता चिलीले इक्वेडर विरुद्ध खेल्ने भएको छ ।

नेपाली समय अनुसार बिहान ४ः४५ बजे सुरु हुने खेलमा इक्वेडर पहिलो जितको खोजीमा हुनेछ । यता चिली भने लगातार दोस्रो जितको खेजीमा हुनेछ ।

चिलीले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो। सन् २०१५ र २०१६ मा चिलीले अर्जेन्टिनालाई नै हराएर उपाधि जितेको थियो।

उपाधि रक्षा गर्दै ह्याट्रिक गर्ने अभियानमा रहेको चिलीसँग अनुभवी खेलाडीहरु छन्।एलेक्स सान्चेज, अर्टुरो भिदाल, गोन्जालरो जरा, माउरिसिओ इस्ला, जिन ब्युसेजोरले सय भन्दा बढि खेल खेलिसकेका छन्। मिडफिल्डर चार्ल्स अराइङ्गुस र ८२ खेल खेलेका एड्वार्डो भर्गास पनि टिममा छन्।

उसले आप्नो अनुभवी खेलाडीहरुकै मद्दतका कारण पहिलो खेलमा जापानलाई ४–० गोलले पराजित गरेको थियो । यता इक्वेडर पनि उरुग्वेसँग ४–० गोलले पराजित भएको थियो ।

यस समूहमा उरुग्वे एक जित र एक बराबरी सहित ४ अकं बनाउदै तालिकाको पहिलो स्थानमा रहेको छ । यता चिली एक खृलमा एक जित निकाल्दै ३ अकंको साथ दोस्रो स्थानमा रहेको छ । जापान एक हार र एक बराबरी सहित अकं तालिकाको तेस्रो स्थानमा रहेको छ । यता इक्वेडरले प्रतियोगितामा खाता खेल्न सकेको छैन ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

अन्य खेलहरु

असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान