६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएपछि गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएपछि शुक्रबार बस्ने भनिएको प्रदेशसभाका बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिने कार्यक्रम थियो । तर बजेट पुस्तिका त्रुटिपूर्ण रहेको र सच्याउनुपर्ने माग राख्दै कांग्रेस बैठक अवरुद्ध गर्ने तयारीमा थियो ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको ‘रेडबुक’ त्रुटिपूर्ण रहेको र कार्य व्यवस्था समितिमा सच्याउन माग राख्दा बैठक नै स्थगित गरिएको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।