६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : उपाधिकाे दाबेदार इंग्ल्यान्डमाथि श्रीलंकाको सहज जित



अ+ अ-

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो ।

शुक्रबार राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको लक्ष्य दिएको थियो । तर सो लक्ष्य पुरा गर्न लागि परेको इंग्ल्यान्ड ४७ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो ।

बेन स्टोक्सको उत्कृष्ट ८२ रनमा अघि बढेको इंग्ल्यान्ड अन्य खेलाडीको फितलो प्रदर्शनका कारण हारमा समेटिन परेको हो । जेम्श भिन्स १४ रन, कप्तान इओन मोर्गन १८ मा आउट भए । श्रीलंका लागि लाथिस मलिङ्गाले ४, धनन्जय डी शिल्भाले ३, इसुरु उडाना २ र नुवान प्रदीपले १ रन लिए ।

यसअधि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक ८५, अबिष्का फर्नान्डो ४९ रनमा आउट भए ।इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले ३, मार्क उडले ३, आदिल राशिदले २ र क्रिस वोक्सले १ विकेट लिए ।