६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका अधिकांश स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आज पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


शुक्रबार साँझतिर काठमाडौँ लगायत देशका मध्य भुभागका अन्य केही क्षेत्रमा पानी परेको थियो ।

दिउँसो : देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।