१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ
अ अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको हो ।

यस्तै, कृष्णपाउरोटी, रणोदीप, विश्वज्योति, गैरीधारा, माइतीघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, सिटी सेन्टर, ल्होत्से, ज्ञानेश्वर, भद्रकाली र सिंहदरबारमा पनि जेब्राक्रसिङ निर्माण गरेको छ ।

उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थित गर्नका साथै बढ्दै गएको सवारी दुर्घटना रोकथाम गर्न महाशाखाले विसं २०७५ चैत २१ देखि उपत्यकाको ट्राफिक सुधारका लागि तीनमहिने कार्ययोजना बनाएर काम गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि जेब्राक्रसिङ निर्माण गरिएको जानकारी दिए । “उपत्यकामा सवारी साधनको ठक्करबाट धेरै मानिस मर्ने गरेकाले ट्राफिक प्रहरीले जेब्रा क्रसिङ निर्माणलाई विशेष प्राथमिकता दिएको हो,” उनले भने ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।

उपत्यकामा सञ्चालनमा रहेका सवारी साधनमध्ये तीन हजार ५६ सवारी साधनको प्रदूषण जाँच गर्दा एक हजार ७१० सवारी साधनको प्रदूषण फेल भई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, चैत २१ देखि हालसम्म ४४ हजार ३०० सवारी साधनलाई पाँच मिनेटको सचेतना कक्षा सञ्चालन गर्नुका साथै स्टिकर, पम्पलेट वितरण गरिएको छ ।

तीनमहिने कार्ययोजनाअन्तर्गत नै महाशाखाले चावहिल, सुकेधारा, सानेपा, त्रिचन्द्र, महाँकाल, सुन्धारा, ल्होत्से र सिंहदरबारमा ‘स्टप लाइन’ तथा चावहिलदेखि सुकेधारासम्म, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म, जयनेपालदेखि कृष्ण पाउरोटीसम्म, भद्रकालीदेखि सिंहदरवारसम्म, रत्नपार्कदेखि सुन्धारासम्म सेन्टर लाइन निर्माण तथा मर्मत गरेको छ ।

यसैगरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, नयाँ बानेश्वरदेखि शङ्खमुलसम्म, कोटेश्वरदेखि गौशालासम्म, खानी विभागदेखि महाराजगञ्जसम्म, गौशालादेखि चावहिलसम्मको फुटपाथ तथा सडक पार्किङ हटाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले बालकुमारी पुल, गोपीकृष्ण पुल, भत्केको पुल, हनुमान थान पुल र नयाँ बसपार्क पुलमुनि करिडोर खोलिएको जानकारी दिए । “बाँकी खोल्न बाँकी करिडोर पनि खोलेर चाँडै सञ्चालनमा ल्याउँछौँ,” उनले भने ।