१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हाजिर लगाएर कार्यालय प्रमुख सम्पर्क विहीन, महीनौदेखि रजिस्ट्रेशन ठप्प

हाजिर लगाएर कार्यालय प्रमुख सम्पर्क विहीन, महीनौदेखि रजिस्ट्रेशन ठप्प
अ अ+ अ-

रुपन्देही । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन ।

घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ । १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन् । घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन् ।

नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाउनुभएको छैन । यसअघिका कार्यालय प्रमुखका रुपमा आउनुभएको राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आउनुभएको छैन । नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहनुभएको छ ।

मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहनुभएको छ । कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुस्भन्दा पनि सुनुवाइ भएन । मान्छेहरु आउँछन् । किन यो काम हुँदैन । गर्नै पर्छ भन्छन्, दबाब दिन्छन् । तर मलाई निमित्तकोसमेत जिम्मेवारी छैन तथापि हामीले जसोतसो गरिरहेका छौँ तर रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ ।”