६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाजिर लगाएर कार्यालय प्रमुख सम्पर्क विहीन, महीनौदेखि रजिस्ट्रेशन ठप्प



अ+ अ-

रुपन्देही । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन ।

घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ । १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन् । घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन् ।

नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाउनुभएको छैन । यसअघिका कार्यालय प्रमुखका रुपमा आउनुभएको राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आउनुभएको छैन । नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहनुभएको छ ।

मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहनुभएको छ । कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुस्भन्दा पनि सुनुवाइ भएन । मान्छेहरु आउँछन् । किन यो काम हुँदैन । गर्नै पर्छ भन्छन्, दबाब दिन्छन् । तर मलाई निमित्तकोसमेत जिम्मेवारी छैन तथापि हामीले जसोतसो गरिरहेका छौँ तर रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ ।”