१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कस्तो अच्चम खानेपानीको धारामा ताल्चा ! स्थानीले किन गर्यो यस्तो

कस्तो अच्चम खानेपानीको धारामा ताल्चा ! स्थानीले किन गर्यो यस्तो
अ अ+ अ-

दमौली । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।” उहाँका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ ।

“अरु समयमा सधैँ ताल्चा लगाएर नै राख्ने गरिएको छ”, स्थानीयवासी तेजकुमारी वंशीले भन्नुभयो, “खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।” उहाँका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । “साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ”, स्थानीयवासी मीनकुमारी चन्दले भन्नुभयो ।

यस्तै तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका मानव चन्द अपाङ्गता हुनुहुन्छ । उहाँ हिँडडुल गर्न सक्नुहुन्न । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहारा आवश्यक पर्छ । सोही वडास्थित राधा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत चन्द दैनिक ह्वीलचियरमै विद्यालय जानुहुन्छ ।

चन्दलाई विद्यालय लैजान दैनिक एक साथी आवश्यक पर्छ । चन्दले भन्नुभयो, “उकालोओरालो कच्ची बाटो भएकाले एक्लै जान सक्दिनँ, साथीले आएर लैजान्छ ।” चन्दलाई विद्यालय लैजान र घर पु¥याउन सोही विद्यालयमा अध्ययनरत साथीले सहयोग गर्ने गरेका छन् । “सबैले पालैपालो विद्यालय आउन र घर फर्कन सहयोग गर्छन्”, उहाँले भन्नुभयो ।

एक वर्षदेखि ह्वीलचियरमै विद्यालय जान थाल्नुभएका उहाँलाई त्यस अगाडि बोकेर विद्यालय पु¥याउनुपथ्र्यो । अहिले ह्वीलचियर भएपछि केही सहज भएको चन्दले बताउनुभयो । “बोकेरभन्दा ह्वीलचियरमा केही सहज छ”, उहाँले भन्नुभयो, “गाउँको बाटोको अवस्थाले गर्दा ह्वीलचियरमै पनि कहिलेकाहीँ समस्या आउँछ ।”