१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जनतालाई सुरक्षादिने प्रहरीबिटमै आक्रमण, मासु ब्यापारीको राज

जनतालाई सुरक्षादिने प्रहरीबिटमै आक्रमण, मासु ब्यापारीको राज
अ अ+ अ-

बाँके । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ ।

शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौती पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेरै नेपालगञ्जका चोकचोकमा प्रहरी बिट रङरोगनसहित चिटिक्क पारेर राखिएका छन् । तर, ती बिटमा प्रहरी छैनन् । स्थानीयवासीलाई भने सडकमा प्रहरीका गाडी दौडिएपछि सुरक्षा दिइरहेको महसुस हुन्छ ।

नेपालगञ्जका कारकाँदो, न्यूरोड, त्रिवेणी मोड, भेरी अञ्चल अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगञ्जको सेतु विकचोकमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ एक महीनायता प्रहरी छैनन् । चोकचोकका प्रहरी बिट खाली भएको कारण सुनाउँदै बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा भन्नुहुन्छ, “धेरै प्रहरीको एकैपटक रमाना भएकाले केही बिटहरू खाली भएका छन् ।”

प्रवक्ता सापकोटाले अन्यत्र सरुवा भएका प्रहरीको एकैपटक रमाना दिँदा र जिल्लामा आउनेहरू आइनपुग्दा यस्तो अवस्था आएको बताउनुभयो । नेपालगञ्जलाई केन्द्र बनाएर सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकूदका लागि भन्दै रमाना नदिएर राखिएका प्रहरीहरू एकैपटक रमाना बुझेर जाँदा धेरै जना बाहिरिएका छन् । त्यसो त जिल्लामा दरबन्दीअनुसारका प्रहरी पनि छैनन् । बाँकेमा ९०० हाराहारीमा प्रहरी दरबन्दी छ ।

प्रहरीले सङ्ख्या नै खुलाउन नचाहे पनि जागिर छोड्ने प्रहरीको सङ्ख्या ठूलो छ । एक प्रहरी अधिकृत भन्नुहुन्छ, “सिपाही १३/१४ वर्षमा हबल्दार हुन्छ । त्यसको केही वर्षमा उसको पेन्सन हुन्छ र ऊ बाहिरिन्छ । बीचैमा जागिर छाड्नेहरू पनि धेरै छन् ।” नेपालगञ्ज बजारमा वडा प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । वडा कार्यालयमा ९९ को दरबन्दी रहेको छ । त्यसमा पनि अहिले आधाजति मात्रै छन् ।

वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ । धम्बोझी, विपीचोक, पुष्पलालचोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । वडा प्रहरीका अनुसार न्यूनतम सङ्ख्यामा ड्युटीमा खटाउन पनि कम्तीमा ४० प्रहरी अपुग छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीले प्रहरीको सङ्ख्या अलिकति कमी भए पनि बिट नै खाली गर्ने अवस्था नरहेको बताउनुभयो ।

नेपालगञ्ज भीआइपीहरू आइरहने ठाउँ हो । एकैपटक चार÷पाँचसम्म भीआइपी आउने भएकाले प्रहरीलाई अझ हैरानी हुने गरेको छ । त्यसै पनि दरबन्दी कमी छ, दरबन्दीअनुसारकै प्रहरी पनि छैनन् । नेपालगञ्जमा कर्णाली र सुदूरपश्चिम प्रदेश जाने भीआइपी पनि आइरहन्छन् । उनीहरूलाई नाकासम्म स्कर्टिङ गर्नुपर्ने प्रहरीलाई बाध्यता छ ।

प्रहरी बिटमा मासु पसल

प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए ।

जिल्ला संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु व्यवसायी रिजवानले प्रहरी नभएको भरपुर फाइदा उठाउँदै प्रहरी बिटको दुरुपयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ । प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको दाबी गर्नुभयो ।

पोष्ट बन्यो, प्रहरी छैनन्

राप्तीसोनारी गाउँपालिका–५ का स्थानीयवासीले शान्ति सुरक्षाको माग गरेपछि अलिनगरमा अस्थायी प्रहरी पोष्ट तयार भयो । घर, शौचालय र भान्सा तयार भयो । स्थानीयको श्रमदान र रु पाँच लाखको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको एक महीना बितिसक्दा पनि प्रहरी भने त्यहाँ पुग्न सकेको छैन ।

“अस्थायी प्रहरी पोष्ट तयार हुँदासमेत प्रहरी आउने सुरसार छैन”, स्थानीयवासीसमेत रहनुभएका वडा नं ५ का वडाध्यक्ष झगरु थारूले भन्नुभयो, “जिल्लामा एसपीसा’बसँग सुरक्षाकर्मी पठाइदिन धेरै पटक आग्रह गरिसक्यौँ, उहाँले छिट्टै पठाउँदैछौँ भन्नुहुन्छ, तर अहिलेसम्म पठाउनुभएको छैन ।”

जनशक्ति कम भएका कारण तत्काल पठाउन नसकिएको बताउँदै त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएको बताउँदै बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले पठाउने प्रक्रियामै रहेको जानकारी दिनुभयो ।

राप्तीसोनारी–४ धामपुरमा रहेको प्रहरीलाई निकै लामो दूरी पर्ने, जङ्गल क्षेत्र र घटना बढ्दै गएकाले तत्काल प्रहरी पोष्टमा प्रहरी पठाउनुपर्ने माग स्थानीयवासीको छ । प्रहरी पोष्ट तयार भइसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयवासी कैलाश थारूले भन्नुभयो, “हामीले निकै पहिलेदेखि पहल गरेका हौँ, पहिले संरचना अभाव देखाइयो, त्यो पनि तयार गरिसकेपछि तत्काल प्रहरी आएर बस्नुपर्छ ।”