६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न



अ+ अ-

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा नेता तथा विदेश बिभाग सदस्य युवराज चौलागाईले डिआरको असामयिक निधनबाट मुलुक र नेकपाले एक असल र सक्षम नेता गुमाएको भन्दै कमरेड डिआर बाट प्रतिबद्धता, सरलता र अध्ययनशीलता जस्ता कुराहरु सिक्नु पर्ने बताएका छन् ।

कार्यक्रममा प्रबासी नेपाली एकता मन्चका नेताहरु शेषमणी शर्मा र रमेश पाण्डे, प्रवीण कंडेल, एनआरएन अन्तरराष्ट्रीय समन्वय समिती सदस्य दीपक भट्टराई तथा सन्तोष आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा डि आर पौडेलको तस्वीरमा माल्यार्पण गर्दै ५३ वटा मैन वत्ती प्रज्जवलन तथा १ मीनेट मौन धारण गरिएको थियो । कार्यक्रम स्थानीय समय अनुसार १० बजे शुरु भएको हुनुका साथै कार्यक्रम अष्ट्रेलियाको राजधानी सिड्नी स्थित मेरिल्याण्डको एक हलमा सम्पन्न भएको थियो ।