६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्कोट गाउँपालिकाद्वारा आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश



अ+ अ-

गुल्मी। आर्थिक बर्ष २०७६/७७ का लागी गुल्मीको धुर्कोट गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेको छ ।

गाउँपालिका प्रमुख भुपाल पोखरेलले आगामी बर्षका लागि नीति तथा कार्यक्रमको कार्यप्रगति जानकारी गराउदैँ गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका बनाउने घोषणा गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि प्रत्येक वडामा माटो परिक्षण शिविर, सुन्तला र आलुको स्टोरको लागि प्रदेश सरकारको सहकार्यमा गाउँपालिकाको केन्द्रमा ‘सित भण्डार’ निर्माण गर्दै संचालनमा ल्याउनुका साथैगाउँपालिकाको वडा नंं ५ वस्तुमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई दीगो रुपमा संचालन गर्ने, कृषिश्रम रोजगारी प्रदान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै गाउँपालिकाले गैर सरकारी संस्थाहरुको साझेदारीमा वडा नंं १, २, ३ र ७ मा मासु उत्पादन बृद्धिका लागि बाख्राविकास परियोजना सञ्चालनमा ल्याई अबको ३ वर्ष भित्र अण्डा उत्पादनमा जोड दिई अण्डा उत्पादनमा आत्मनिर्भर गाउँपालिका घोषणा गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

यस्तै गाउँपालिकाले प्रत्येक वर्ष गाउँपालिकास्तरीय विभिन्न खेलकुदकार्यक्रम सञ्चालन गर्ने, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गाउँपालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उपभोक्ता समिति गठन गर्दा अध्यक्ष वा सचिवमध्ये एक मुख्य पद सहित समितिमा महिलाको ४५५ सहभागिता सुनिश्चित गर्ने र खाता सञ्चालनमा एक जना महिलाको दस्तखत अनिवार्य गर्ने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ । निवार्य खर्च सार्वजनिक गर्ने व्यवस्थालागु गर्ने भएको छ । त्यस्तै दोस्रो चौमासिक सम्ममा ७० प्रतिशत भुत्तानी भएका वडा मध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।