२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पण्डितले किन भने ‘पुरानो घरमा डोजर लगाउ मिल्दैन’



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर नयाँ निर्माण सम्भव नभएको बताएका छन् । मन्त्री पण्डीतले समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् ।

आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने, ‘हिजो गरेनम्, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ त्यसैले ‘अहिले जुन ऐन आएको छ त्यो सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’

बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेपछि मन्त्री पण्डित लामो समयसम्म छलफल गरेर श्रेणी र तहगत प्रणालीमा गएको बताए । उनले भने, ‘अहिलेमात्र होइन, लामो समय छलफल गरेर स्थानीय र प्रदेशमा तहगत प्रणालीमा हामी गएका हौं ।

उनले भने, ‘अहिले हामी देख्छौं, एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्को तिर जनपद प्रहरी, अर्कातिर अनुसन्धान र अर्को तिर निजामती छ । यी सबै सरकार त सरकारकै हुन्, तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन । तर अहिले नै सबै भताभुंग गरेर फेरि अर्को आँधीबेहरी सिर्जना गर्ने गरी अहिले सम्भव छैन । सम्भव भएजति छलफल गरेर ल्याइएको छ ।’