२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री पण्डितले किन भने ‘पुरानो घरमा डोजर लगाउ मिल्दैन’



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर नयाँ निर्माण सम्भव नभएको बताएका छन् । मन्त्री पण्डीतले समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् ।

आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने, ‘हिजो गरेनम्, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ त्यसैले ‘अहिले जुन ऐन आएको छ त्यो सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’

बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेपछि मन्त्री पण्डित लामो समयसम्म छलफल गरेर श्रेणी र तहगत प्रणालीमा गएको बताए । उनले भने, ‘अहिलेमात्र होइन, लामो समय छलफल गरेर स्थानीय र प्रदेशमा तहगत प्रणालीमा हामी गएका हौं ।

उनले भने, ‘अहिले हामी देख्छौं, एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्को तिर जनपद प्रहरी, अर्कातिर अनुसन्धान र अर्को तिर निजामती छ । यी सबै सरकार त सरकारकै हुन्, तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन । तर अहिले नै सबै भताभुंग गरेर फेरि अर्को आँधीबेहरी सिर्जना गर्ने गरी अहिले सम्भव छैन । सम्भव भएजति छलफल गरेर ल्याइएको छ ।’