११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिताका नाममा ठग्ने प्रवृति बढ्दै गएकोमा चिन्ता



अ+ अ-

जनकपुरधाम । पत्रकारिताको नाममा धम्की दिई ठग्ने प्रवृति बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

जनकपुरधामबाट प्रकाशित हुने दूधमति साप्ताहिक पत्रिकाको पाँचौं वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले सो चिन्ता व्यक्त गर्नुभएको हो ।

धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले वस्तुनिष्ठ भन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु सरोकारवाला सबैका लागि चिन्ताको विषय हो भन्नुभयो ।

उनीहरुले जनताको सरोकारका नाममा तथ्यपरक नभइ आचारसंहिताको कुनै ख्याल नगरी पत्रकारिता कर्म देखापर्नु सबैका लागि घातक भएको उल्लेख गर्दै सक्रियताका आवरणमा धम्की दिई विज्ञापनदेखि समाचारमा एकाधिकार कायम गर्ने मनोविज्ञान बढदै जानु पत्रकारिताको भविष्यमाथि प्रश्नचिन्ह लागेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकार शेलेन्द्रकुमार झा र व्यवसायी प्रमोदकुमार अग्रवाललाई दूधमति साप्ताहिक सम्मान प्रदान गर्नुभयो ।

समारोहमा प्रदेशसभा सदस्य रामसरोज यादव, रामआशिष यादव र मञ्जु यादव, पत्रिकाका सम्पादक सुजितकुमार झा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासङ्घ धनुषाका सभापति अनिल मिश्र, उद्योगी शिवशङ्कर साह ,उद्योग वाणिज्य सङ्ध जनकपुरका अध्यक्ष ललितकुमार साहले पत्रकारिताको विधमान अवस्था, चुनौती र उपलब्धिको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।