११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ वर्षीया बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी



अ+ अ-

महोत्तरी । जलेश्वर अस्पतालमा बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तालाबन्दी गरिएको छ ।

जलेश्वर नगरपालिका –३ खैराका प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको उपचारमा ढिलाई भएकाले बालिकाको मृत्यु भएको भन्दै आइतबार बिहान ४ बजे पीडित परिवारले चिकित्सकको निवास, अस्पतालको प्रशासन र मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

बिरामी जाँच्न् सहज होस् भन्ने उद्देश्यले अस्पतालमै चिकित्सकको निवास राखेपनि बालिकालाई अस्पताल ल्याएको करिब १ घण्टापछि मात्र चिकित्सक आएर विरामीको उपचार यहाँ सम्भव नहुने बताएका थिए । त्यसको केही समयपछि बालिकाको मृत्यु भएको थियो ।