६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ वर्षीया बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी



अ+ अ-

महोत्तरी । जलेश्वर अस्पतालमा बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तालाबन्दी गरिएको छ ।

जलेश्वर नगरपालिका –३ खैराका प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको उपचारमा ढिलाई भएकाले बालिकाको मृत्यु भएको भन्दै आइतबार बिहान ४ बजे पीडित परिवारले चिकित्सकको निवास, अस्पतालको प्रशासन र मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

बिरामी जाँच्न् सहज होस् भन्ने उद्देश्यले अस्पतालमै चिकित्सकको निवास राखेपनि बालिकालाई अस्पताल ल्याएको करिब १ घण्टापछि मात्र चिकित्सक आएर विरामीको उपचार यहाँ सम्भव नहुने बताएका थिए । त्यसको केही समयपछि बालिकाको मृत्यु भएको थियो ।