१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुर्घटनामा मृतकको सनाखत

दुर्घटनामा मृतकको सनाखत
अ अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गर्नुभयो ।

मृतकका आफन्त बुटवलमा रहेको र घटना थाहा पाएर प्रहरीको सम्पर्कमा आएपछि उनीहरुको सनाखत भएकोसमेत उहाँले बताउनुभयो । दाङ लमहीका मजदूर बुटवलमा काम सकेर राति घरतर्फ जान लागेका बेलामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ५९४८ नं को बसले गएराति करीब १२ बजेको समयमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८प ८४७५ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको थियो । मृतकको शरीर जलेर क्षत्विक्षत अवस्थामा नचिन्ने अवस्थामा रहेकाले आफन्त सम्पर्कमा आएपछि मात्र सनाखत हुन सकेको हो ।