२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन सकिदैन : मन्त्री राई



अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपाल सरकारको नीतिगत निर्णय नभइकन वाग्मती नदी बगेको जग्गाको मुआब्जा दिन नसकिने बताउनुभएको छ ।

गोकर्णदेखि गुह्येश्वरी खण्डमा वाग्मती नदी हिँडेको १८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको छ, वाग्मती मुआब्जा विवादवारे छलफल गर्न संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको संयुक्त बैठकमा उहाँले भन्नुभयो,“मुआब्जा दिनुपर्ने भनिएको ६१४ रोपनी जग्गामध्ये ४२६ रोपनीको मुआब्जा वितरण भइसकेको र बाँकी १८८ रोपनीको मुआब्जाका लागि भने कानूनी जटिलता रहेको छ ।”

गोकर्णदेखि गुह्येश्वरी खण्डमा पर्ने वाग्मती नदी हिँडेको १८८ रोपनी जग्गाको मुआब्जा उपलव्ध गराउनुपर्ने माग गर्दैँ स्थानीयवासी वषौँदेखि आन्दोलित छन् ।

बिनाप्रमाण बसोवास गरेकै आधारमा नदी बगेको जग्गाको मुआब्जा सरकारले वितरण गर्दै हिँड्ने हो भने सरकारको ढुकुटी मुआव्जा वितरणमा नै सकिने उहाँले बताउनुभयो ।

मन्त्री राईले कानून र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको रायसुझाव र सरकारको नीतिगत निर्णयबिना शहरी विकास मन्त्रालयले वाग्मती नदीभित्र परेको जग्गाको मुआब्जा दिन नसक्ने समितिलाई जानकारी दिनुभयो ।

गत फागुन २८ गते जग्गाको अधिग्रहण गर्न एक महीनाभित्र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत शहरी विकास मन्त्रालयबाट प्रक्रिया अघि बढाउन सरकारले गरेको निर्णय के भयो भन्ने विषयमा जानकारी लिने उद्देश्यबाट संयुक्त समितिको बैठक आह्वान गरिएको थियो ।

बैठकमा मन्त्री राईले यसअघि नेपाल सरकारको नीतिगत तथा सैद्धान्तिक निर्णयका लागि मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिनुभयो । गोकर्ण ब्यारेजदेखि गुह्श्वरीसम्म वाग्मती नदीको दुवै किनारमा बसोवास गर्ने बासिन्दा सरकारसँंग मुआब्जाको दाबी गर्दै आएका छन् ।

नेपाल सरकारले आव २०५२। ५३ देखि शिवपुरी जलाधारदेखि चोभारसम्मको भागलाई स्वच्छ सफा राख्न नदीको किनारमा ढल, फोहर पानी प्रशोधन केन्द्र, तटबन्ध निर्माण तथा आवश्यकतानुसार सडक निर्माण, नदी कटान नियन्त्रण र हरित क्षेत्र निर्धारण गर्ने काम गर्दै आएकोमा स्थानीयवासी मुआव्जा नदिकन निर्माणकार्य थालनी भएको भन्दै आन्दोलित हुँदै आएका छन् ।

बैठकमा सांसद रामबहादुर विष्ट, दलबहादुर राना, सत्यनारायण शर्मा खनाल, रविशङ्कर चौधरी र घनश्याम खतिवडाले जग्गाको मुआव्जा दिन मिल्दैन भने पीडित पक्षका लागि कानूनी बाटो फुकाइदिन ढिलाइ गर्न नहुने बताएका थिए ।
जग्गा प्राप्ति ऐन,२०३४ अनुसार व्यक्ति विशेषको जग्गा सार्वजनिक प्रयोजनमा प्रयोग हँुदा जग्गाको क्षतिपूर्ति वा मुआव्जा दिनुपर्ने प्रावधान छ तर सो क्षेत्रमा बसोवास गर्ने धेरै व्यक्तिसँंग २०२१ सालपछि उपलब्ध गराइएको जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० नरहेको बैठकमा जानकारी गराइएको थियो ।

“म कानूनको शपथ खाएर यहाँ आएको हुँ, व्यवहारले होइन”, मुआब्जाबारे बैठकमा राखिएको जिज्ञासाको जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, “यसकारण म व्यवहार होइन, कानून अनुसार निर्णय गर्छु, कानूनले मिल्ने भए मुआब्जा म दिन्छु ।”९