१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सात महीनापछि चल्यो एम्बुलेन्स

सात महीनापछि चल्यो एम्बुलेन्स
अ अ+ अ-

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिकामा सात महीनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ ।
‘सात महीनादेखि थन्कियो एम्बुलेन्स’ भन्ने समाचार यही असार ६ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि सञ्चालन गर्न मानेको थिएन ।

समाचार प्रकाशित भएपछि काङ्ग्रेस नेताको नाम हटाइने सहमति भई एम्बुलेन्स सञ्चालनमा आएको स्थानीय विजयप्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक खिचातानीका कारण एम्बुलेन्स थन्किएको थियो, समाचार प्रकाशित भएपछि सबै ठाउँबाट दबाब आयो, अब एम्बुलेन्स चल्ने सहमति भएको हो ।”

थन्किएको एम्बुलेन्स चलाउने सहमति भएपछि अहिले गाउँपालिकाले एम्बुलेन्स चलाउन लोकेन्द्र छेडाल नाम गरेका चालकलाई नियुक्त गरेर मर्मतका लागि कैलालीस्थित गाडी मर्मत ग्यारेजमा पठाएको गाउँपालिकाका कार्यकारी प्रमुख समीर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आपसी विवादले एम्बुलेन्स थन्किएको थियो, अहिले सहमति भएपछि मर्मतका लागि एम्बुलेन्स कैलाली पठाएका छौँ, अब निरन्तर सञ्चालन हुनेछ ।” उक्त एम्बुलेन्समा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरीद गरेको उल्लेख गरिएको थियो । नेपाली काङ्ग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएको थियो ।

थन्किएको एम्बुलेन्स चल्ने भएपछि सुविधा पाउने भन्दै जोरायलका स्थानीय खुशी भएको गाउँपालिका–२ बुडरका स्थानीय भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स थन्किँदा हामीलाई साह्रै समस्या भएको थियो, बिरामी लैजान बाहिरबाट गाडी मगाउनुपथ्र्यो, अब आफ्नै एम्बुलेन्स चल्ने भयो खुशी छौँ हामी ।” उक्त एम्बुलेन्स गएको पुसको दोस्रो साता काङ्ग्रेस नेता विष्टले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । बडिकेदार गाउँपालिकामा भने एम्बुलेन्स सेवा पहिलेदेखि नै शुरु भइसकेको थियो । अमेरिका–नेपाल सम्पर्क समितिका सभापतिसमेत रहनुभएका नेता विष्ट जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी पनि हुनुहुन्छ । नेता विष्टले गाउँपालिकालाई विभिन्न दाता तथा अमेरिकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रतिएम्बुलेन्स रु ११ लाख पर्ने दुई एम्बुलेन्स खरीद गर्नुभएको बताइएको छ । ती एम्बुलेन्स खरीद गर्दा नेपाल सरकारले गाउँपालिकाको सिफारिशमा कर मिनाहा गरेको थियो ।