६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमार प्रकरण : हामीसँग जनताको रिर्पोट छ भन्दै गृहमन्त्री विरुद्ध कुर्लिए शर्मा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद जनार्दन शर्माले गृहमन्त्री राम बहादुर थापा बादललाई काउन्टर दिएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नै पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए ।

सांसद शर्माले हिजोका दिनका आफ्ना साथीहरु धनमाया लगायतको मुठभेडको नाममा हत्या भएको घटनाको स्मरण गर्दै प्रश्न गरे, ‘के हामी फेरि त्यही घटनालाई दोहोर्यान चाहन्छौँ ?

कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ नि । प्रहरीको संविधान कार्यान्वन गर्नुपर्ने जिम्मेवारी छैन ? यस्ता घटनाका बारेका फेरि प्रश्न सोधिराख्ने ठाउँ नआओस् । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई वार्तामार्फत अघि बढाउनुपर्छ ।

उनले गृहमन्त्री थापाले चुनौती दिदै तलका प्रहरीले जे टिपायो त्यही रिर्पोट प्रस्तुत गरेकाले आफूसँग जनताको रिर्पोट रहेको बताएका छन् ।

उनले भने, ‘कुमार पौडेलको घटनामा सरकारको एउटा रिर्पोट होला । तर हामीसँग जनताको रिर्पोट पनि छ, फोटो पनि छ । पाँच छ ठाँउमा त हात नै भाँचिएको छ । पहिले हात भाँचियो कि गोली हानेर हात भाँचिएको हो ? यसले त विद्रोह ल्याउँछ ।’

उनले अहिले जनता डिजिटल युगमा रहेको बताउँदै तथ्यलाई बंग्याउन थालियो भने जनताले विश्वास नगर्ने बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा झुटो बोलेर भ्रम छर्न नसकिने बताए ।

उनले विप्लवमा प्रतिबन्द्ध लगाउन आवश्यक थियो भन्ने प्रश्न गर्दै द्धन्द्ध बढाउने काम नगर्न आग्रह गरे । द्वन्द्व भड्काउने, संविधानको पालना नगर्ने समूह अहिले पनि क्रियाशील रहेको बताउँदै उनले द्वन्द्वतिर नभई शान्तितिर जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनुहुँदैन । संविधानले सबै व्यवस्था गर्दा पनि मुलुक फेरि द्वन्द्वको बाटोमा अघि बढनुहुँदैन । हामीसँग संविधान छ, त्यसको सरकार र हामी सबैले काम गर्नुपर्छ । संविधानको कार्यान्वन नगर्नु नै समस्या हो ।’