१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कुमार प्रकरण : हामीसँग जनताको रिर्पोट छ भन्दै गृहमन्त्री विरुद्ध कुर्लिए शर्मा

कुमार प्रकरण : हामीसँग जनताको रिर्पोट छ भन्दै गृहमन्त्री विरुद्ध कुर्लिए शर्मा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद जनार्दन शर्माले गृहमन्त्री राम बहादुर थापा बादललाई काउन्टर दिएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नै पार्टीका नेता तथा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए ।

सांसद शर्माले हिजोका दिनका आफ्ना साथीहरु धनमाया लगायतको मुठभेडको नाममा हत्या भएको घटनाको स्मरण गर्दै प्रश्न गरे, ‘के हामी फेरि त्यही घटनालाई दोहोर्यान चाहन्छौँ ?

कमसेकम साधारण मानवअधिकारको त पालना त गर्नुपर्छ नि । प्रहरीको संविधान कार्यान्वन गर्नुपर्ने जिम्मेवारी छैन ? यस्ता घटनाका बारेका फेरि प्रश्न सोधिराख्ने ठाउँ नआओस् । पाँच सय जना कार्यकर्ता त पक्राउ गर्नुभएको छ नि, त्यसमा हामीले प्रश्न उठाएका छौँ र ? त्यसलाई वार्तामार्फत अघि बढाउनुपर्छ ।

उनले गृहमन्त्री थापाले चुनौती दिदै तलका प्रहरीले जे टिपायो त्यही रिर्पोट प्रस्तुत गरेकाले आफूसँग जनताको रिर्पोट रहेको बताएका छन् ।

उनले भने, ‘कुमार पौडेलको घटनामा सरकारको एउटा रिर्पोट होला । तर हामीसँग जनताको रिर्पोट पनि छ, फोटो पनि छ । पाँच छ ठाँउमा त हात नै भाँचिएको छ । पहिले हात भाँचियो कि गोली हानेर हात भाँचिएको हो ? यसले त विद्रोह ल्याउँछ ।’

उनले अहिले जनता डिजिटल युगमा रहेको बताउँदै तथ्यलाई बंग्याउन थालियो भने जनताले विश्वास नगर्ने बताए । उनले अहिलेको सूचना प्रविधिको युगमा झुटो बोलेर भ्रम छर्न नसकिने बताए ।

उनले विप्लवमा प्रतिबन्द्ध लगाउन आवश्यक थियो भन्ने प्रश्न गर्दै द्धन्द्ध बढाउने काम नगर्न आग्रह गरे । द्वन्द्व भड्काउने, संविधानको पालना नगर्ने समूह अहिले पनि क्रियाशील रहेको बताउँदै उनले द्वन्द्वतिर नभई शान्तितिर जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजनीतिक रुपले अर्को द्वन्द्वको सुरुवात हुनुहुँदैन । संविधानले सबै व्यवस्था गर्दा पनि मुलुक फेरि द्वन्द्वको बाटोमा अघि बढनुहुँदैन । हामीसँग संविधान छ, त्यसको सरकार र हामी सबैले काम गर्नुपर्छ । संविधानको कार्यान्वन नगर्नु नै समस्या हो ।’