६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको बैठकमा भाग लिन मुख्यमन्त्री हेलिकोप्टरमा



अ+ अ-

हुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाको बैठकमा भाग लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले सेनाको हेलिकोप्टर दुरुप्रयोग गरेका छन् ।

मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल जिल्ला कमिटिको पहिलो बैठकमा भाग लिन सुर्खेतबाट सिमकोट र सिमकोटबाट कालिकोटको यात्रा हेलिकोप्टरबाट गरेका हुन् ।

नेपालगञ्ज र सुर्खेतबाट हरेक दिन नियमित २ दर्जन भन्दा बढी हवाई उडान भइरहेका बेला मुख्यमन्त्री र मन्त्रीले आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा बस्ने हेलिकोप्टरलाई पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन् ।

प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नेपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको सेनाको एक स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री, सामाजिक विकास मन्त्री सवार सेनाको हेलिकोप्टरको भाडा ताँजकोट गाउँपालिकाले व्यहोर्ने कुरा मन्त्रीबाट आफूले जानकारी पाएको बताए ।