१९ भाद्र २०८३, शुक्रबार
,
Latest
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालयको गल्तीमा सेवाग्राहीले अब जरिवाना तिर्ननपर्ने



अ+ अ-

काठमाडौं । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ ।

नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालक आफ्नै कारण प्रतिलिपि लिँदाजस्तै गरेर हाम्रै कारणले प्रतिलिपि दिँदा दस्तुर लिनुहुँदैन भनेर हटाएका छौँ ।”प्रवक्ता खनालका अनुसार विभागले छपाइ चाँडो गर्न भन्दै गतवर्ष निजी कम्पनीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने जिम्मेवारी दिएको थियो ।

उक्त कम्पनीले रङ्गिन छपाइ गर्दा कतिपयमा सेवाग्राहीको फोटो त कतिमा नाम, ठेगाना, रक्त समूहलगायत विवरण स्प्रष्ट बुझिने थिएन । अहिले विभाग आफैँले छापिरहेकाले यी समस्या नरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले उक्त परिचयपत्र श्यामस्वेत नै छापिरहेकाले नबुझने समस्या छैन ।”

निजी कम्पनीले चालक अनुमतिपत्र छपाइ गर्दा झण्डै १३ हजार कार्डमा समस्या भएको थियो । तीमध्ये कतिपयले प्रतिलिपि लिइसकेका छन् भने कतिपयले लिन बाँकी छ । कार्यालयले अहिले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै नौ लाख ५४ हजार कार्ड छाप्न बाँकी छ । दैनिक झण्डै तीन हजारले चालक अनुमतिपत्रका लागि आवेदन दिइरहेका छन् ।