१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद् व्यवस्थापनका लागि गृहमन्त्रालयको यस्तो छ तयारी

विपद् व्यवस्थापनका लागि गृहमन्त्रालयको यस्तो छ तयारी
अ अ+ अ-

काठमाडौं । सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस क्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमासमेत पूर्व तयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उहाँले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनको आपत्कालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीनकार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपत्कालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् पूर्व तयारीका लागि टेन्ट, ९त्रिपाल०, डोरी, जेनेरेजटर र प्लाष्टिक सिटलगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ ।

नेपाली सेनाद्वारा विपद् पूर्व तयारीका लागि इटहरी, काठमाडाँै र सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली मनसुन सक्रिय भएपश्चत तयारी अवस्थामा रहने व्यवस्था मिलाइ सकिएको पनि बैठकमा जानकारी दिइयो ।

केन्द्रीय विपद् व्यवस्थापन कोषमा अहिले रु एक अर्ब ५३ करोड ३९ लाख २६ हजार रकम मौज्दात् रहेको छ । विषम भू–बनावट, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, अव्यवस्थित बसोवास र शहरी विकासका कारण नेपालमा प्राकृतिक प्रकोपका घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

विश्वमा प्रकृतिक प्रकोपका धेरै घटना हुने मुलुकको सूचीमा नेपाल २० नम्बरभित्र पर्दछ । प्राकृतिक विपद्का घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण र घटनापछि नागरिकमा पुर्याउनुपर्ने आधारभूत सेवामा कमी हुन नदिन पूर्व तयारीले ठूलो भूमिका निर्वाह गर्दछ ।

समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिवेरीबाट हुनसक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, सङ्घीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ– विपद् जोखिम व्यवस्थापन कार्यमा एकरुपता ल्याउन, पूर्व तयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्ने तर्फ ध्यान दिइयोस् ।

यसअघि बैठकमा सांसद रेखा शर्मा, महेश्वरजङ्ग गहतराज, दिलेन्द्रप्रसाद वडू, जनार्दन शर्मालगायतले जोखिम क्षेत्रको पहिचान, खोज, उद्धार र राहतका लागि प्रभावकारी संयन्त्र निर्माण, उचित स्थानमा सामग्रीको भण्डारणको आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।