६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा नेकपा नेता चौलागाई र राजदुतबीच भेटवार्ता



अ+ अ-

अष्ट्रेलिया । नेकपा नेता तथा विदेश बिभाग सदस्य युवराज चौलागाईले अष्ट्रेलियाका लागि क्यूवाका राजदुत एरियल लोरेन्जो र भेनेजुयलाका राजदूत नियल क्यासपेरीसंग भेटवार्ता गर्नु भएको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भेटवार्ताका क्रममा राजदूतहरुले पार्टी एकता र बलियो सरकार गठन गर्न सफल भएकोमा नेकपालाई बधाई दिनु भएको थियो ।

विदेश बिभाग सदस्य चौलागाईले राजदूत लोरेन्जो र क्यासपेरीलाई नेपाल भ्रमण बर्ष २०२० मा नेपाल भ्रमणको निमन्त्रणा गर्दै चौलागाईले भेटको क्रममा समसामयिक राजनीति समेत छलफल गर्नु भएको थियो ।

चौलागाईले क्सानबेरास्थित नेपाली राजदूताबासको अबलोकन गर्नुका साथै कार्य वाहक राजदूत दुरपदा सापकोटा सहित अन्य कर्मचारीहरुसँग समसामयिक बिषयमा अन्तरक्रिया गर्नुभएको थियो ।