१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एनआरएनए थाईल्याण्डद्धारा राजुदुत ढकाललाई स्वागत

एनआरएनए थाईल्याण्डद्धारा राजुदुत ढकाललाई स्वागत
अ अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डले थाईल्याण्ड स्थित नेपाली नियोग र नेपाली डाएस्पोरा बीचको सहकर्यतालाई बलियो बनाउने उदेश्यले शनिबार एक डिनर रिसेप्शन सम्पन्न गरेको छ।

उक्त रात्रिभोजमा भर्खरै नियुक्त नेपाली राजदुत गणेश प्रसाद ढकाल र उनको परिवारलाई स्वागत गरिएको थियो। गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकाल र संघका राष्ट्रिय समन्वय समितिका अध्यक्ष अस्सजित अवालेले राजदुत ढकाल र उनका स्पाउज़लाइ खादा र बुकेले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै राजदुत ढकालले एनआरएनए थाईल्याण्डले थाईलेन्ड स्थित समपुर्ण नेपाली संघ सस्था र समुदायका प्रतिनिधिहरुलाई समेटेर गरेको उक्त समाबेशी कार्यक्रमको प्रसंसा गर्दै सरकारले ज्ञान, सिप, प्रबिधि, पहुच र लगानी को छेत्रमा ठुलो अपेक्षा राखेको बताउदै गैरआवासीय नेपाली संघले केहि समय अगाडी स्थापना गरेको नेपाल पोलिसी इस्टिच्युट (एनपीआई) ले ज्ञान र नीतिको क्षेत्रमा राष्ट्रिय योजना आयोग मार्फत पुर्याइरहेको योगदानको सराहना गरेका थिए।

सोहि कार्यक्रममा आफ्नो विचार राख्दै गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औषत वार्षिक सवा २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकंलनको चर्चा गर्दै सम्रिद्द नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षा गैरआवासीय नेपालीले आ(आफ्नो क्षमता र अवस्था अनुसार सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

ढकालले सरकारलाई एक भरपर्दो बिकाश साझेदारको रुपमा गैरआवासीय नेपाली संघले आफुलाई प्रमाणित गर्न डाएस्पोरा सदस्यहरुको स्रोत साधन र पहुचलाइ सदुपयोग गरि सम्भावित योगदानको आँकलन तुरुन्त प्रस्तुत गर्नु पर्ने बताए । एनपीआईका अध्यक्ष समेत रहेका ढकालले सरकारका कुनै पनि नियोग लगायतका निकाय मार्फत नेपाल र नेपालीलाइ सहयोग गर्न तयार रहेको बताउदै एनपीआईलाइ अन्तराष्ट्रिय थिङ्क टेंकको रुपमा विकास गर्न लागि परेको जानकारी गराए।

त्यस्तैगरी एनआरएनए थाइल्याण्डका अध्यक्ष अस्सजित अवालेले एनआरएनए थाइल्याण्डले थाइल्याण्डमा रहेका सबै नेपाली सम्बद्द सामुदायिक संघ सस्थाहरुलाई समेटेर एक साझा संस्थाको रुपमा काम गरि रहेको जानकारी गराउदै अवालेले अघिल्लो राजदुतले एनआरएनए थाईलेन्ड संग राम्ररी समन्वय गर्न नसकेको गुनासो गर्दै अन्य आफुलाई मन परेको सस्थालाई एनआरएनए थाईलेन्डसंग कहिले समानान्तरत कहिले एनआरएनए थाईलेन्ड भन्दा माथि राखेर व्यवहार गर्दा नेपाली समुदाय दुखित रहेको बताउनु भयो ।

नयाँ राजदुतबाट पररास्ट्र मन्त्रालयले मान्यता दिएको सस्था एनआरएनएलाई सोहि प्रोटोकलमा व्यवहार गरिदिए सबै नेपालीहरु एक भएर नेपालको हितमा कम गर्न सजिलो हुने सुझाब पनि अवालेले दिएका थिए।

एनआरएनए थाईल्याण्डकि महिला फोरम संयोजक मेघा चन्दले संचालन गरेको उक्त कार्यक्रममा थाईल्याण्ड स्थित स्थानीय १० भन्दा बढी नेपाली सस्थाका प्रतिनिधिहरु र विभिन्न बिश्वबिध्यालयमा कार्यरत प्राध्यापक तथा विभिन्न अन्तरास्ट्रिय सस्थाहरुमा कार्यरत नेपाली बिज्ञ साथै नेपाल पोलिसी इस्टिच्युटका कार्यकारी सदस्यहरुको उपस्थिति रहेको एनआरएनए थाईल्याण्डका महासचिब रवि महर्जनले बताए ।

बैंककको रेम्ब्रेंट होटेलमा आयोजित उक्त कार्यक्रममा एनआरएनकि पूर्व संरक्षक जयन्ति पाण्डे र फुकेटका लागि नेपाली कन्सुल प्रानी सकुलले पनि आफ्ना विचार ब्यक्त गरेका थियो। कार्यक्रममा वेब्स्टर युनिभर्सिटी नेपाली समाजले सास्कृतिक प्रस्तुति गरेको थियो भने स्वेता पुन्जाली लगायत महिला फोरमकि सदस्य रुपा श्रेष्ठले नृत्य प्रदर्सनी गरेकी थिइन।

उक्त रिसेप्शनमा आफ्नो कार्यकाल सम्पन्न गरेर नेपाल फर्कने तयारी गरिरहेका नियोगका उपप्रमुख जंग बहादुर गुरुङ र उनको परिवारलाई पनि बिदाई गरिएको थियो। रिसेप्शनको लागि वेस्टर्न युनियन, मित्रा क्लोदिंग, हिमालय इन्, ओरिएण्टल कार्पेट, वेब्स्टर युनिभर्सिटी नेपाली समाज लगायतले आर्थिक सहयोग गरेका जानकारी संघका कोषाध्यक्ष कान्छा गुरुङ (गाबो) ले जानकारी दिए ।

कार्यक्रममा आमन्त्रित पहुना हरुका अतिरिक्त एनआरएनए थाईल्याण्डक राष्ट्रिय समिति र क्षेत्रीय समितका पदाधिकारी एबम सदस्यहरु साथै नेपाली नियोगका स्टाफहरु को पनि सहभागिता रहेको संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए। औपचारिक कार्यक्रम पश्चात आगामी दिनमा नेपाल एम्बेसी र एनआरएनए थाईल्याण्ड को सहकार्यलाई कसरि थप प्रभाबकारी बनाउने भन्ने बिसयमा छलफल भएको थियो। उक्त छलफललाई अर्को एक कार्यक्रम गरि पूर्णता दिने गरि समापन गरिएको थियो भने कार्यक्रम को अन्त्यमा एक रात्री भोज पनि गरिएको थियो।