७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षाका सयौँ कर्मचारी अन्योलमा



अ+ अ-

काठमाडौं । रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।

मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले बताएका छन्।

मन्त्रालयको साङ्गठनिक संरचनामा नपरेपछि अन्योलमा परेका कर्मचारी पछिल्लो समय दैनिक रुपमा मन्त्रालयमा आएर हारगुहार गरिरहेको उहाँ बताउनुहुन्छ । साङ्गठनिक संरचना बनाउँदा सिंहदरबारस्थित मन्त्रालयको मात्र दरबन्दी र पदस्थापनलाई नहेरिएका कारण ती कर्मचारी मर्कामा परेका हुन् ।

सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखाना लगायतका ब्यारेकमा प्राविधिक (जोखिमपूर्ण्) कामका लागि भनी १३६ जनाको दरबन्दी कायम गरिएकामा हाल उक्त दरबन्दीमा ११३ जना निजामती कार्यरत छन् । उनीहरु प्रशासन, शिक्षा र प्राविधिक सेवाका जनशक्ति हुन् । “सङ्गठन संरचना बनाउँदा हामीले बिर्सियौँ अब तिमीहरु जहाँ जान्छौँ जाओ भनेर मन्त्रालयले भन्नु भएन, हाम्रो दरबन्दी सङ्घ अन्तर्गत छ, हामीलाई विषय विज्ञका रुपमा खटाएर काम लगाइएको छ, सेनाले पनि हाम्रो माग गरिरहेको छ”।, सुन्दरीजल आर्सनलका मेकानिकल सुपरभाइजर वसन्त थापा भन्नुहुन्छ । ती ११३ मध्ये एक तिहाइ महिला कर्मचारी छन् । कार्यालय समय शुरु हुनासाथ मन्त्रालयको कोठाकोठा पुगेर गुनासो पोख्ने र ढोका ढकढक्याउने अहिले उनीहरुको दैनिकी बनेको छ ।

विसं २०७५ मा सङ्गठन संरचना बनाइए पनि उनीहरुको अभिलेख निजामती किताबखाना पठाउन छुट भएको मन्त्रालयले स्वीकार गरेको छ । पछिल्लो कर्मचारी समायोजनमा पनि उनीहरुलाई नसमेटिएको बुझिएको छ ।

“गत चैतअघि भएको सङ्गठन संरचनामा उहाँहरुको छुटेको छ, फेरि गरेर अर्थ र सामान्य मन्त्रालयमा पठाएका छौँ, सचिव तहमा पनि यसलाई कसरी छिटो व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, उप्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट समेत यो विषयलाई छिटो निष्कर्षमा पु¥याउन चासो व्यक्त भएको छ”, रक्षामन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भन्नुभयो । पछिल्लो सङ्गठन संरचनाले रक्षा मन्त्रालयको दरबन्दी १०० कायम गरे पनि हाल ६३ जना कार्यरत रहेको बुझिएको छ ।