१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रक्षाका सयौँ कर्मचारी अन्योलमा

रक्षाका सयौँ कर्मचारी अन्योलमा
अ अ+ अ-

काठमाडौं । रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।

मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले बताएका छन्।

मन्त्रालयको साङ्गठनिक संरचनामा नपरेपछि अन्योलमा परेका कर्मचारी पछिल्लो समय दैनिक रुपमा मन्त्रालयमा आएर हारगुहार गरिरहेको उहाँ बताउनुहुन्छ । साङ्गठनिक संरचना बनाउँदा सिंहदरबारस्थित मन्त्रालयको मात्र दरबन्दी र पदस्थापनलाई नहेरिएका कारण ती कर्मचारी मर्कामा परेका हुन् ।

सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखाना लगायतका ब्यारेकमा प्राविधिक (जोखिमपूर्ण्) कामका लागि भनी १३६ जनाको दरबन्दी कायम गरिएकामा हाल उक्त दरबन्दीमा ११३ जना निजामती कार्यरत छन् । उनीहरु प्रशासन, शिक्षा र प्राविधिक सेवाका जनशक्ति हुन् । “सङ्गठन संरचना बनाउँदा हामीले बिर्सियौँ अब तिमीहरु जहाँ जान्छौँ जाओ भनेर मन्त्रालयले भन्नु भएन, हाम्रो दरबन्दी सङ्घ अन्तर्गत छ, हामीलाई विषय विज्ञका रुपमा खटाएर काम लगाइएको छ, सेनाले पनि हाम्रो माग गरिरहेको छ”।, सुन्दरीजल आर्सनलका मेकानिकल सुपरभाइजर वसन्त थापा भन्नुहुन्छ । ती ११३ मध्ये एक तिहाइ महिला कर्मचारी छन् । कार्यालय समय शुरु हुनासाथ मन्त्रालयको कोठाकोठा पुगेर गुनासो पोख्ने र ढोका ढकढक्याउने अहिले उनीहरुको दैनिकी बनेको छ ।

विसं २०७५ मा सङ्गठन संरचना बनाइए पनि उनीहरुको अभिलेख निजामती किताबखाना पठाउन छुट भएको मन्त्रालयले स्वीकार गरेको छ । पछिल्लो कर्मचारी समायोजनमा पनि उनीहरुलाई नसमेटिएको बुझिएको छ ।

“गत चैतअघि भएको सङ्गठन संरचनामा उहाँहरुको छुटेको छ, फेरि गरेर अर्थ र सामान्य मन्त्रालयमा पठाएका छौँ, सचिव तहमा पनि यसलाई कसरी छिटो व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, उप्रधानमन्त्री एवं रक्षा मन्त्रीबाट समेत यो विषयलाई छिटो निष्कर्षमा पु¥याउन चासो व्यक्त भएको छ”, रक्षामन्त्रालयका प्रवक्ता बाबुराम गौतमले भन्नुभयो । पछिल्लो सङ्गठन संरचनाले रक्षा मन्त्रालयको दरबन्दी १०० कायम गरे पनि हाल ६३ जना कार्यरत रहेको बुझिएको छ ।