७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक : मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ ।

आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, शिक्षक र विद्यार्थीलाई मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो । सो माविमा कृषि विषयको पठनपाठनका लागि मन्त्री पोखरेलकै सिफारिसमा संसदीय विकास कोषबाट रु ७० लाखको लागतमा नयाँ भवन बन्दैछ ।

स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीसँगको कुराकानीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार नगरिएसम्म आम जनताका छोराछोरीले रोजगारमूलक गुणस्तरीय शिक्षा पाउन नसक्ने बताउनुभयो । अहिले १० वर्षे विद्यालय सुधारको कार्यक्रम नै बनाएर सरकार अघि बढेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले नयाँ भवनमा कृषि शिक्षासम्बन्धी प्रयोगशाला रहने बताउनुभयो । विद्यालय सुधार कार्यक्रमअनुसार नै अब कक्षा ८ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाउन लागिएको उहाँको भनाइ थियो । आठ कोठे दुईतले भवन निर्माण भएपछि आउने शैक्षिक सत्र २०७७ को पठनपाठन नयाँ भवनमा शुरु गरिने विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिनुभयो ।