७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पतालका चिकित्सक हडतालमा



अ+ अ-

महोत्तरी । जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन् । आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले बन्द गराएका उक्त अस्पताल पीडित, प्रशासन र चिकित्सकहरूबीच सहमतिपश्चात् सोमबार सञ्चालनमा ल्याइए पनि आज पुनः अस्पताल बन्द गराउँदै चिकित्सक हडतालमा उत्रेका हुन् ।

अस्पतालका प्रमुख डा राजीव झाले चिकित्सकहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनले सुरक्षाको व्यवस्था नमिलाउञ्जेल आकस्मिकबाहेक सबै सेवा ठप्प राख्ने निर्णयसहित आन्दोलनमा उत्रेका बताउनुभयो ।

उक्त अस्पतालका प्रमुख झासहित छ चिकित्सकले चलाउँदै आएका ओपिडी सेवा, ल्याब, एक्स–रे, औषधि वितरणलगायत सबै सेवा बन्द भएकाले सेवाग्राहीहरु मारमा परेका छन् । आन्दोलनरत् चिकित्सकहरु थप सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेकामा प्रशासनले थप सुरक्षाको प्रत्याभूति दिलाए पनि थप सुरक्षाको व्यवस्था नभएसम्म चिकित्सकहरू काममा नफर्किने र आकस्मिकबाहेक सबै सेवा बन्द रहने उहाँको भनाइ थियो ।