काठमाडौं । देशभर बन्द गराउँदै हिँड्ने विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसार राजधानीको सुकेधाराबाट १ जना समातीएका छन् भने कास्कीबाट १, मकवानपुरबाट १, र पश्चिम रुकुमबाट एक जना पक्राउ परेका छन् ।
यसैगरी देशका विभिन्न २० स्थानमा संकास्पद बस्तु फेला परेकोमा ९ वटा शंकास्पद बस्तु आतंक सिर्जना गर्नेगरी नक्कली वस्तु मात्रै राखिएको पाइएको छ। अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ ।