१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो
अ अ+ अ-

काठमाण्डौं । राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नर्सको श्रमको उचित मूल्याङ्कन नभएको बताउनुभयो ।

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा रु एक हजार पाँच सय, पहाडमा रु एक हजार र तराई रु ५०० प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवकोटाले नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

सांसद इन्दु कडरियाले कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।