७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र नेकपा कार्यकर्ताविच झडप, चार जना घाइते



अ+ अ-

कञ्चनपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई कालो झण्डा देखाउन खोज्दा झडप भएको छ । नगर अधिबेशन उद्घाटन गर्न पुगेकी मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो ।

मन्त्री पक्षधर नेकपा र कांग्रेस कार्यकर्ता बीच भएको झडपमा कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्ट र कृष्णबहादुर चन्द घाइते भएका छन् ।

नगरपरिषद् उद्घाटन गर्न धनगढीबाट निर्वाचन क्षेत्र आउँदै गर्दा पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ता बीच केहीबेर झडप भएको कांग्रेस कार्यकर्ता यज्ञराज जोशीले जानकारी दिए । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।