१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई खुशी बनाउने बजेट आवश्यक



अ+ अ-

काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक रमाउने खालको विकास आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने उहाँको धारणा थियो ।

हेटौँडा उपमहानगरपालिकाको पाँचौँ नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै खासै फरक नपार्ने भन्दै बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने धारणा राख्नुभयो । विकासका लागि पैसा वा अर्थ मात्रै ठूलो कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले योजना प्रमुख कुरा भएको बताउनुभयो ।

हेटौँडाको शहीद स्मारक ९० हजार लागतमा शुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामाजिक रुपान्तरण गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले कामको गति छिटो भएको तर त्यसअनुसार कानून नभएकाले समस्या सृजना भएको बताउनुभयो । हेटौँडामा सडक फराकिलो बनाउने कामसँगै फूलै फूलको शहरका रुपमा विकास गर्नका लागि आफू लागिपरेको बताउँदै प्रमुख महतले पाँच वर्षको आफ्नो कार्यकालमा हेटौँडालाई नमूना शहरका रुपमा विकास गरिने बताउनुभयो ।




भर्खरै